मङ्लबार, बैशाख ४, २०८१

जनस्तरमा विभिन्न कार्यक्रम गरी २९५ औं पृथ्वी जयन्ती मनाइदै

राज्य सङकृण र अतिबादि सोचबाट प्रेरित भएको सर्वत्र महसुस

काठमाडौं पौष २७, आज २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रममा साथ नागरिक स्तरमा मनाइदै छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो ।  तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले prithivi-narayan-358x300दिएको योगदानको सम्मानमा आज उहाँको उच्च मुल्यांन्कन सहित स्मरण गरिदै छ ।
आजको दिन राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ ।
तर मुलुककमा पछिल्लो समय भएको परिवर्तन संगै अर्थात मुलुक गण्नतन्त्रमय भएयता राज्यले उहाँको उपेक्षा गर्दै पृथ्वीनारायण शाहको जन्म जयन्तीकाृ अवसरमा दिइने सार्वजनिक विदा समेत कटौती गर्दै संकृणता र अतिबादि सोचबाट प्रेरित भएको सर्वत्र महसुस गरिएको छ । त्यस्तै पौष २७ गते नेपाल देशका निर्माताको जन्म दिनमा एक दिन राष्ट्रिय बिदा घोषणा गर्न नसक्ने राज्यका मसिहा भनाउँदाहरुले गणतन्त्रको नाममा ईतिहासनै नामेट पार्न लागेकोमा चिन्ता समेत व्यक्त गरेका छन ।  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बिश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले आज १०:३० बजे राजधानीको शान्तिबाटिकाबाट विशाल र्याली सहित  उहाँको सिंहदरबारको पश्चिम ढोकास्थित शालीकमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रमको आयोजना गरेको छ ।