शुक्रबार, बैशाख ७, २०८१

गीतानगरमा पितृ उद्धार एकाहा सम्पन्न

भरतपुर माघ १७, भरतपुर उपमहानगर पालिकाको वार्ड नं २१, गीतानगरको ब्रह्मादेब चोकमा पितृ उद्धार एकाहा श्रीमदभागवत महापुराण महायज्ञ सोमबार सम्पन्न भएको छ । स्थानीय जागृति टोल विकास संस्था र सृजनशिल टोल विकास संस्थाको सम्युक्त संयोजनमा आयोजना गरिएको सो महापुराण महायज्ञ समाजसेवी हरिमित्र पण्डितको संयोजकत्वमा २१ ज्ना ब्राहमणहरु द्धारा पाठ परायाण गरि सम्पन्न भएको आयोजक सदस्य चन्द्रकान्त कोइरालाले जानकारी दिनु भएको थियो ।
ykaha[1]विशेष गरेर गीतानगर बजार देखि तल पुल्लर देखि माथीको ब्रह्मदेब चोकमा सवारी दुर्घटनाका घटनाहरु बढी हुने गरेका र सोही स्थानमा विभिन्न समयमा सवारी दुर्घटनामा ज्यान गुमाएका इन्दिरा पौडेल, एकदेब लामिछाने र बाबुराम कोइरालाका परिवारका सदस्यहरु कर्ता रहेको कार्यक्रमका संयोजक हरिमित्र पण्डितले जानकारी दिनु भएको थियो ।

बिेशेष गरेर यस क्षेत्रमा दुर्घटनामा परि निधन भएका परिवारहरु र यस क्षेत्रको स्वस्ती शान्ति गरेमा आगामी दिनमा दुर्घटनाहरुमा कमी आउने विश्बासका साथ कार्यक्रमको आयोजना गरिएको स्थानीय युवा जितेन्द्र राज कोइरालाले बताउनु भएकोृ थियो । यस कार्यक्रमबाट स्थानीय अन्य पितथृहरुको समेत उद्धार कार्यमा टेवा पुगोस र हरेक हिन्दुहरुले आफ्ना पितृको सम्झनामा यथासक्य सहभागिता रहोस भनेर सबैको सहभागितालाई स्वागत गरिएको र यसवाट झण्डै ३ लाख रुपैयाँ संकलन हुने र खर्च कटाउदा १ लाख पचास हजार बचत हुन सक्ने र उक्त रकम गीतानगरको रेडक्रस उपशाखाको भवन निर्माणमा प्रयोग गरिने कुरा आर्थिक समितिका संयोजक डोलनाथ अधिकारीले जानकारी दिनु भएको थियो । कार्यक्रममा स्थानीय युवाहरुका अलवा समाजसेवी, व्यापारी, उद्योगपति देखि पत्रकार समेतको सहभागिता रहेको हिन्दु जागरण युवा संघका वरिष्ठ सल्लाहकार ध्रुबराज मिश्रले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031