शुक्रबार, चैत्र १६, २०८०

गायक प्रधानलाई सम्मान गरिने

कठमाडौं माघ ७, राज्यले देशको गहना भनिने कलाकार एवम् स्रष्टाको उचित सम्मान गर्न नसकेको आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  लहना मिडियाद्वारा आयोजना हुन लागेको वरिष्ठ गायक प्रेमध्वज प्रधानको विशेष सम्मान सहितको सांगितिक कार्यक्रम ‘भिन्तुना सनिल’को जानकारी दिन आयोजना गरीएको पत्रकार सम्मेलनका वक्ताहरुले राज्यले पत्रकारलाई देशका गहना भन्दै साँच्चिकैमा गहनाकै रुपमा मात्र प्रयोग गरेको गुनासो गरे Anup_20170119_8। वक्ताहरुले कलाकारलाई देशको गहना भन्दै सजावटको लागि आवश्यक परेको बेला प्रयोग गर्ने र अरु बेला वास्ता नगर्ने व्यवहार गरेको जनाउ दिएका थिए ।

त्यस्तै पत्रकार सम्मेलनमा राज्यले उपेक्षा गरिएका कलाकार एवम् स्रष्टाहरुको उचित किसिमले कदर गर्न नसकेको अवस्था लाइ दृष्टिगत गर्दै लहना मिडियाले यहि माघ १४ गते शुक्रवारका दिन काठमााडौंमा एक सांगितिक कार्यक्रमको आयोजना गरी गोल्डन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानालई सम्मान गर्न लागिएको हो । वरिष्ठ गायक प्रधानलाई दोसल्ला ओढाइ सम्मान पत्रको साथमा नगद रु. ५१ हजार १सय ११ सहित सम्मान गर्न लागिएको हो । लहनाले नयाँ वर्ष नेपाल सम्वत ११३७ को उपलक्ष्यमा सांगितिक कार्यक्रमको आयोजना सहित भ्वाइस अफ नेपाल उपाधि पाएका कार्यक्रममा गायक प्रधानलाई सम्मान गर्ने जानकारी थियो ।
गायक प्रधानलाई सम्मान गरीने उक्त कार्यक्रममा गायक भीम तुलाधर, ज्योति घिमिरे, जेम्स प्रधान, निशा देशार, सुरजबीर बज्राचार्य, एन्जिला सिं, भुपेन्द्र बज्राचार्य, अन्जन श्रेष्ठ, पंकज राजोपाध्याय, सुलिन्द्र शाक्यका साथै आराध्यलक्ष्मी खड्गीको सांगितिक प्रस्तुति समेत रहने बताइएको छ ।