बुधबार, बैशाख १२, २०८१

कार्कीको नियुक्तिविरुद्धको थप सुनवाइ आइतबार

काठमाडौ पौष २२,  मुलुकका प्रमुख राजनीतिक दलको समझदारीमा आजभन्दा ४ वर्ष अघि अख्तियार प्रमुखमा नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान suprim_cote-1आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको मुद्धाको सुनुवाइ आज पनि जारी रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा जारी रहेको सुनवाइमा आज कार्की पक्षका कानुनी अधिवक्ताहरु बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, अधिवक्ता दीपेन्द्र झा, आनन्दमणि लम्सालले व्यवसायीले वकालत गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । यद्यपी आजको बहस नसकिएकाले थप बहस आइतबार पनि हुने बताईएको छ ।

स्मरण रहोस आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै दायर गर्नुभएको रिट निवेदनको पुनरवलोकन मुद्धाको अन्तिम बहस अन्र्तगत प्रसुत बहस चलिरहेको हो ।