शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं महासंघमा भएको घटनाको सञ्चारसम्वद्ध संस्थाहरुद्दारा भत्सर्ना , घटनाको छानवीन गरि कारवाही गर्न माग

गैरपत्रकारलाइ सदस्यता दिदै  संस्था  कब्जा गर्ने  कुत्सित  योजनाको   विरोध 

काठमाडौं माघ १०, नेपाल पत्रकार महासंघ काठमाडौं राजधानीको भृकुटीमण्डपस्थित शाखा कार्यालयमा सोमवार केहि अज्ञात समूहले कार्यालय भित्र पसेर कार्यालय ताडफोड गर्ने र महासंघको नयाँ सदस्यताका लागि दर्ता भएको आवेदन फर्म समेत कब्जामा लिएर जलाउने प्रयास गरेको घटनाप्रति सञ्चारसम्वद्ध विभिन्न् संस्थाहरु क्रमस नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाल,पत्रकार मञ्च ,मिडिया नेपालले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै घटनाको घोर16216193_1318079498214845_1113742351_nभत्सर्ना गरेको छ ।

मिडिया संगठनहरु द्दारा जारी सयुक्त विज्ञप्तिमा गुण्डागर्दी शैलीमा शाखा तोडफोड गर्ने जस्ता सवैखालका हर्कतमा संल्गन जोसुकै व्यक्ति भएपनि घटनाको छानवीन  गरि कारवाही गर्न समेत माग गरेको छ ।  त्यस्तै महासंघको नयाँ सदस्यताको माग गर्दै शाखा कार्यालयमा दर्ता भएको अवेदनको तत्काल छानवीन गरि पत्रकार मात्रलाइ सदस्यताको सिफारिस गर्न र पत्रकारको आवरणमा गैर पत्रकारलाइ यो वा त्यो बहानामा शाखा सदस्यता प्रदान गर्दै सस्थागत रुपमा शाखा कब्जा गर्ने कुत्सित योजनाको समेत विरोध गरिएको छ । त्यस्तै सदस्यता छनवीन समितिको निर्णय लत्याउँदै शाखाका जिम्मेवार प्रमुख  व्यक्तिलेनै गैर सदस्यता हुल्ने एकमात्र लक्ष्य अन्र्तगत आजको मिति सम्म अनेकन चलखेल गरेको भन्ने पक्षप्रति पनि सम्वद्ध पक्षलाइ सचेत गराईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031