शुक्रबार, बैशाख ७, २०८१

काउसो दलेर तीन लाख लुटियो

काठमाडौं माघ ११, सोमवार नेपालगन्जको धम्बोजीमा रु साढे ३ ल���खभन्दा बढी रकम लुटिएको छ । त्यहाँस्थित सिद्धार्थ बैंकबाट वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत दिनेश कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको रकम लिएर फर्कर्ने क्रममा बैक परिसरमा कँडेलको शरीरमा काउसो दलेर निजको साथमा रहेको रु ३ Captureलाख ६५ हजार भएको झोला लुटेराले लगेको स्थानीय प्रहरीलाए उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

घटनाविवरण अनुसार मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेललाइ उदृत गर्दै समाचारमा उल्लेख गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।