बिहिबार, बैशाख १३, २०८१

कर्मचारी सरुवा नियमित प्रक्रिया : विद्युत् प्राधिकरण्

काठमाडौ माघ १३,  नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले नियमानुसार नै कर्मचारीको सरुवा गरिएको जनाउँदै यसबाट कुनै पनि इमान्दार कर्मचारीलाई कनै समस्या नहुने जनाएको छ ।  विद्युत् चोरीमा संलग्न भएको भन्दै १६ कर्मचारी महानगरीय अपराध 468IMG_20170126_0001महाशाखाले नियन्त्रण लिएपछि दुई हजार ५सय कर्मचारीको सरुवा र विद्युत् चोरीमा संलग्नको पक्राउ सँगसँगै भएकाले सबै कर्मचारी विद्युत् चोर जस्तो भएको भन्दै केही कर्मचारीले आपत्ति जनाएपछि प्राधिकरणले आज एक विज्ञप्तिमार्फत सरुवा प्रक्रिया नियमित भएको जनाएको हो ।

त्यस्तै विज्ञप्तिमा सबै कर्मचारी गैर जिम्मेवार नभएको र दोषी भेटिएका कर्मचारी मात्रै कारबाहीको भागिदार हुने भएकाले सरुवाबाट कोही कसैले पनि आत्तिन नहुने उल्लेख गर्दै प्राधिकरणको कर्मचारी सेवा सर्त विनियमावलीमा तोकिएको अवधि पूरा गरेका कर्मचारीको सरुवा हरेक वर्षको साउन र माघ महिनामा अधिकार प्राप्त अधिकारीद्वारा गर्न सकिने व्यवस्था भएकाले कर्मचारीको सरुवा स्वभाविक प्रक्रिया र मापदण्डअन्तर्गत गरिएको उल्लेख गरिएको छ ।