बिहिबार, बैशाख १३, २०८१

कञ्चनजंघा हस्पिटल भूकम्प प्रतिरोधीे भवन बनाउदै

बिर्तामोड माघ २ ,   १९औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइरहेका बेला बिर्तामोडस्थित कञ्चनजंघा हस्पिटलले भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माणलाई तीब्रता दिएको छ ।  बिर्तामोड–९ सैनिकमोड स्थित दुई विगाह क्षेत्रफल जग्गामा कञ्चनजंघा हस्पिटलले अहिले एक सय वेड क्षमताको हस्पिटल निर्माण गरिरहेको छ ।
भूकम्प सुरक्षा दिवसको अवसरमा भएको छलफलमा हस्पिटलका मेडिकल डाइरेक्टर डा. सीपी यादवले २५ करोड रुपैयाँको लागतमा निर्माण हुने हस्पिटलको _MG_0862भूकम्प प्रतिरोधी  -याफ्ट कंक्रिटिङ (फाउण्डेशन’)को काम भइरहेको जानकारी दिए ।

 ०७२ बैशाखको शक्तिशाली भूकम्पपछि भूकम्प प्रतिरोधी मापदण्ड पूरा गरी बन्दै गरेको झापाको पहिलो भवन कञ्चनजंघा हस्पिटलको भएको इञ्जिनियर नितेष कोइराला बताउँछन् ।  उनीसहित हस्पिटलको तर्फबाट इञ्जिनियर सपोज घिमिरे र निर्माण कम्पनीको तर्फबाट  इञ्जिनियरद्दय  प्रभात मिश्र र रामबाबु यादव प्रत्यक्ष निगरानीका लागि खटिएका छन् । काठमाडौंको इजी इन्फ्र प्रालिले हस्पिटलको निर्माण कार्यको जिम्मेवारी लिएको छ ।

भूकम्पका कारण घर भवन भत्किएर धेरै मानिसको ज्यान गइरहेका बेला हरेक सार्वजनिक तथा निजी घर भवन भूकम्प प्रतिरोधी क्षमताका बनाइनु पर्नेमा  मेडिकल डाइरेक्टर डा। सीपीको जोड छ । भूकम्प प्रतिरोधी मापदण्ड अपनाएर भइरहेको कञ्चनजंघा हस्पिडलको भवन निर्माण कार्यको अवलोकन गरिदिन डा।सीपी र डा। नित्यप्रसादले सरोकारवाला सवैमा आग्रह पनि गरेका छन् । भूकम्प प्रतिरोधका लागि हस्पिटलको माटोमुनिको भागमा तीन तह ८ सुते रड विछ्याएर अढाईफिट मोटो ढलान गरिएको र त्यसमाथि चार फिटसम्म माटोले पुरेर ग्राउण्ड लेभल कायम गरिने इञ्जिनियरले बताएका छन् ।  दुईवटा ब्लकमा निर्माण भइरहेको भवन २४ सय स्क्वायरफिटको रहने र दुई/दुई फिट मोटाइ चौडाईका ९६ वटा पिलर रहने बताइएको छ । लिफ्ट सुविधासहितको भवन १० तलासम्म निर्माण गर्ने क्षमता भए पनि ५ तला मात्र निर्माण गरिने बताइएको छ । हस्पिटलसँगै सो भवनमा स्वास्थ्यकर्मीका लागि आवश्यक युनिभर्सिटीस्तरका विभिन्न तालिम केन्द्रसहित स्थापना गरिने बताइएको छ ।