मङ्लबार, बैशाख ११, २०८१

आफु प्रम हुँदा पृथ्वीजयन्तीका दिन विदा दिन प्रस्ताव गर्दै गर्दा प्रचण्डले रोकेको एमाले अध्यक्ष ओलीको खुलासा

काठमाडौ पौष २७, २९५ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँने क्रममा राप्रपाले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पुग्नु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रलाइसम्बोध गर्ने क्रममा पृथ्वीनारायण शाहको captureयोगदानलाई कसैले भुल्न नहुने जनाउ दिनुको अलावा आजको दिन सार्वजनिक विदा दिन परेको चौतर्फी दवाव प्रति संकेत गर्दै सार्वजनिक विदाका सवालमा आफु प्रधानमन्त्री हुँँदा होस वा नहुँदा होस पृथ्वीजयन्तीको दिन विदा दिनुपर्छ भनेर प्रस्ताव गर्दै गर्दा अहिलेकै प्रधानमन्त्री जसले विदा दिन रोक लागाएको खुलासा गर्नु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले यस्तो खुलासा गरेको क]हि समय पछिनै सोहि कार्यक्रममा पेग्नु भएकf प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने पृथ्वीनारायण शाहले खेलेको भूमिकालाई कसैलेपनि बेवास्त गर्न नसक्ने जनाउ दिदै आगामी वर्ष पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक विदा दिनेबारे वर्तमान सरकारले मन्त्रीपरिषदको बैठक मार्फत कार्यारम्भ गरेको बताउँनु भएको छ । साथै उहाँले यसै वर्ष पनि विदा दिने मेरो सोच थियो, तर तयारी नपुगेको कारणले आगामी वर्ष विदा दिनेबारेमा नितिगत तयारी अन्र्तगत सरकारी विदाबारे समीक्षा गर्न समिति गठन गरिएको बताउँनु भएको छ ।  कार्यक्रममा  नेपालका लागि विदेशी कुटनीतिक नियोगका प्रमुखहरुदेखि सर्वासाधारणहरुको समेत उपस्थिति रहेको थियो ।