बिहिबार, बैशाख १३, २०८१

आज सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं माघ १५, आज सोनाम ल्होसार अर्थात तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने यस पर्व आज विभिन्न कार्यक्रम गरी मनाउँदैछन । मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।  बाँदर, चरा, मुसा, बाघ, बिरालो, घोडा, सगुर, गोरु, खरायो, भेडा, सर्प र ड्रागन गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको हुन्छ । सोनाम Anup_20161230_3ल्होसारकाृ अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिल प्रदर्शनीको आयोजना गरेको छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले यस अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायलाई सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।  आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व, पारस्परिकता र सद्भाव कायम राख्न मद्दत पु-याउने जारी शुभकामना सल्देसमा उल्लेख गर्नु भएको छ ।