शनिबार, बैशाख ८, २०८१

अ.ने.मसंघ दुहागढीको अध्यक्षमा मेनुका

चारआली पौष २४ , अखिल नेपाल महिला संघ दुहागढीको अध्यक्ष मेनुका घिमिरे सर्वसम्मत चयन भएकी छन् । संघ र अखिल नेपाल किसान संघ दुहागढीको 15934528_354454694934115_693015216_nसंयुक्त आयोजनामा सम्पन्न पिक्निक तथा खिचडी कार्यक्रम तथा नवौं सम्मेलनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
संघको उपाध्यक्षमा विष्णुदेवि मिश्र, सचिवमा विन्दा प्रसाई, उपचिवमा विमला विष्ट चयन भएका छन् । त्यसैगरी फुलकुमारी राजवंशी, हरिमाया बराल, दीव्या न्यौपाने, भोजकुमार पौडेल, रीता परियार, तुलसा बराल, इन्दिरा सिग्देल, देविका भण्डारी, तुलसा न्यौपाने, सुशिला सुवेदी, रुपा मगर, किशोरा न्यौपाने र सुशिला बस्नेत सदस्यमा चयन भएका प्राप्त समाचारमा उल्लेख गरिएको छ ।