शनिबार, बैशाख ८, २०८१

अख्तियारद्दारा निलम्बित सभासद साहविरुद्ध हैसियतभन्दा बढी सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर

काठमाडौ पौष २६, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सभासद सञ्जयकुमार साहविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
anup_20160320_98आयोगले निलम्बित साहले साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो हैसियतभन्दा बढी अर्थात रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गर्नुको अलावा स्रोत समेत नखुलेको जनाउँदै मुद्दा दायर गरेको हो ।

साथै आयोगले दायर मुद्धामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकाले निजलाई ३१ करोड ५० लाख २६ हजार ५५९ रुपैयाँ २७ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार सजाय दिनसमेत माग गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।