काठमाडौं माघ १३, प्रहरी प्रधान कार्यालयले ३ दर्जन भन्दा बढि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरको निर्णयले बुधबार कै मितिबाट लागू हुने गरी एसएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । एसएसपीको सरुवासँगै महानगरीय अपराध महाशाखामा पनि नेतृत्व परिवर्तन भएको छ । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ भने महाशाखाको जिम्मेवारी दिनेश अमात्यलाई दिइएको छ । त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंमा छविलाल जोशीलाई सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर ललितपुरबाट पिताम्बर अधिकारीलाई अञ्चल प्रहरी कार्यालय मेचीमा र ललितपुर परिसरमा ठूले राईलाई सरुवा गरिएको छ ।