शनिबार, असार १८, २०७९

‘सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भव’

काठमाडौ माघ १०,  सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् । राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं थानीले नेपालको संविधानलेनै सहकारीलाई तीन खम्बे अर्थनीतिका रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे ।
साथै उहाँले सहकारी ऐन संसदमा रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउFदै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गर्दै भने,‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउने तयारी रहेको जनाउ दिदै यसबाट धेरै समस्या हल बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै,मन्त्री थानीले, सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको बताउ“दै सहकारी मैत्री नै ऐन आउछ मन्त्री थानीले भने तर कस्लाई कुन दफा परिर्वतन गर्नु पर्छ त्यो संभव छैन ।

कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले,सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउँदै सहकारीलाई व्यवस्थित गर्न सरोकावाला विच एकरुपताको खाँचो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउँदै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए । उनले भने,‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ,यसलाई सहकारीको माध्यमबाट उत्पादनशिल क्षेत्रमा लगाउन आवश्यक छ ।’ यस्तै, राष्ट्रिय सहकारी unnamedसंघका अध्यक्ष केशव बडालले सहकारीको गतिशिलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । उनले भने,‘सहकारीको गतिशिलतालाई राज्यले अझै बुझ्न सकेको छैन्, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ ।’ कार्यक्रममा केन्द्रिय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए ।

सहकारीले अझै पनि वैदेशिक क्रृण लिन सक्ने अवस्था नरहेको बताउ“दै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे । यस्तै,राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । त्यस्तै,राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोज कुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अबौं पैसालाई परिचालन गर्न जरुरी रहेको बताए ।
विभागको आयोजना गरिएको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । गोष्ठीमा राष्ट्रिय सहकारी संघ,विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक लगायतले आ–आङ्खना कार्यपत्र प्रस्तुत गरेका छन् ।  कार्यपत्र प्रस्तुत गदैं उनीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या अझै पनि हल नभएको बताउ“दै चुनौतीपूर्ण अवस्थामा पनि आफूहरुले आफ्ना कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031