शनिबार, बैशाख ८, २०८१

स्थानीय निर्वाचन गर्न तीन दल सहमत

काठमाडौ पौष १३ , व्यवस्थापिका संसदमा संविधान संशोधन दर्ता भएपछि सत्तारुढदल नेकपा माओवादी केन्द्र र सत्ता साझेदार दल काँग्रेससंग पानी वारावारको स्थितीमा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमाले वीच आज भएको त्रिपक्षीय शिर्ष नेतृत्वको संवादको क्रममा विद्यमान मुलुकको अवस्थालाइ सम्बोधन गर्नका लागि 1429509647मुलुकमा जारी संविधानको भावना अनुरुप स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको छ ।

आजको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक साताभित्रै मिति तोक्ने सहमति भएको बैठक पछि संञ्चारकर्मीलाइ जानकारी दिनु भएको छ । तर प्रतिपक्षी दल एमाले स्थानीय तहको निर्वाचनको लागि सैद्धान्तिक सहमति जनाएपनि संविभान संशोधन प्रस्तावको कार्यान्वयनमा भने अझैपनि विमति राख्दै संशोधनको प्रस्ताव फिर्ता नभएसम्म संसद् सुचारु गर्न नसक्ने अडानलाइ कायमनै राखेको छ ।