बिहिबार, बैशाख १३, २०८१

सूचना टाँस गर्दै संसद बैठक स्थगित अर्को बैठक पौष ४ मा

काठमाडौ मार्ग ३०, संविधान संशोधन विधेयक दर्ता भएयता प्रमुख प्रतिपक्षीदल एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद अवरोध गर्दै बैठक अवरुद्ध img_9162_sjh_samsad_073गर्दै आएको परिपेक्ष्यमा संसद बैठक कार्यसूचीमा प्रवेस समेत गर्न नपाइरहेको अवस्थाका वीच व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यसअघि आज विहान विहान ११ बजे बैठक बस्ने कार्यक्रम रहेको थियो ।

तर पूर्व निधारित बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँस गर्दै स्थगित गरिएको थियो । संसदको अर्को बैठक पौ्ष ४ गते बस्ने जारी सूचनामा उल्लेख गरिएको छ ।