शुक्रबार, चैत्र १६, २०८०

सूचना टाँस गर्दै आजको संसद् बैठक स्थगित

काठमाडौ पौष ७,  व्यवस्थापिका–संसद्को आज अपरान्ह अर्थात १ः०० बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । संसदमा सरकारले संविधान संशोधन प्रस्ताव सदनमा दर्ता गरेपछि प्रतिपक्षीदल नेकपा एमले लगायतले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

संसद सुचारुको लागि प्रमुख राजनीतिक दलहरुवीच सहमति कायम भइनसकेका कारण बैठक स्थगित गरिएको सम्वद्ध स्रोतले जनाएको छ । स्रोतका अनुसार सहमतिको नाममा बैठक स्थगन हुँदै गर्दाbicc-1 एकातर्फ संसदमा छलफलको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्ताव, स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयक तथा संविधान संशोधनसम्बन्धी विधेयक समेत अगाडि बढ्न सकेको छैन । जसले गर्दा मुलुक  एकपछि अर्को गर्दै अर्णिनयको बन्धक बन्दै गइरहेको  बताएका  छन ।

यसैक्रममा आजको लागि तय गरिएको बैठक पौष १० गते आइतबार दिनको १ः०० बजे बस्ने गरी स्थगीत गरिएको जारी सूचनामा उल्लेख गरिएको छ ।