शुक्रबार, बैशाख १४, २०८१

सार्कका सदस्य मुलुक विद्यमान साझा चुनौतीलाइ समाधान गर्न बृहत्तर सहयोग सहित प्रतिवद्ध हुन आवश्यक :प्रधानमन्त्री प्रचण्ड

  काठमाडौ मार्ग २३ सार्वभौमिकता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, आन्तरिक मामिला, दखल नदिने प्रतिवद्धता सबैप्रकारको समस्याको शान्तिपूर्ण समाधानमा विश्वास संयुक्त राष्ट्रसंघको बडापत्रमा आधारित बुँदामा केन्द्रीत रहदै स्थापना भएको सार्क अर्थात दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनाको saarclogo३१औँ वार्षिकोत्सको अवसर पारेर सार्कका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले जारी गर्नु भएको शुुभकामना सन्देशमा दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै उहाँले शुभकामना सन्देशमा सार्क सम्मेलनको क्रममा गरिएका प्रतिवद्धताको अक्षरस कार्यान्वयनको पक्षमा जोड दिदै शान्ति र समृद्धिका लागि क्षेत्रीय एकता, पारस्परिक विश्वास, समझदारी, बान्धुत्व, सहयोग र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा विशेष जोड दिनुभएको छ । साथै सन्देशमा प्रधानमन्त्रीले सार्क मुलुकमा विद्यमान रहेको आर्थिक, सामाजिक, समस्याको अलावा आतङ्कवाद, बेरोजगारी, अन्तर्देशीय अपराध र जलवायु परिवर्तन हाम्रा जस्ता साझा चुनौतीलाइ समाधान गर्न प्रतिवद्ध हुनु पर्ने बताउँनु भएको छ ।