बिहिबार, बैशाख १३, २०८१

समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस: राष्ट्रपति

काठमाडौ पौष १०, राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसका उपलक्ष्यमा नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त, समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।   उहाँले आज दिनुभएको शुभकामना सन्देशमा क्रसमस मनाउन जसरी हामी anup_20160627_15एकताबद्ध भएर लाग्छौँ त्यसरी नै यस पर्वले समुन्नत नेपाल निर्माणका लागि प्रेरणा प्राप्त होस भन्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस्तै सन्देशमा राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने चाडपर्वहरूबाट सामाजिक एवम् पारिवारिक जमघट गराउने, मनोरञ्जन र खुसी साटासाट गर्ने अवसर जुटाई सामाजिक एकता, सद्भाव एवम् धार्मिक सहिष्णुता कायम राख्न महत्वपूर्ण योगदान हँुदैआएको छ । यस्ता चाडपर्वको अवसरमा कायम हुने एकता तथा सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य भएको जिकिर गर्नु भएको छ ।