शुक्रबार, बैशाख १४, २०८१

सभामुख घर्ती संसद बैठक अवरुद्धताको निकास पहिल्याउँने प्रयासमा

काठमाडौ मार्ग २३, व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएयतादेखि प्रमुख प्रतिपक्षी एमाले लगायतका दलबाट सुरु भएको गतिरोधका कारण onsari-gharti-1संसद बैठक चल्न नसकेको अवस्थालाइ दृष्टिगत गर्दै सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दलका शीर्ष नेता आजबाट छलफल सुरु गर्नु हुँने भएको छ ।  यसक्रममा सभाभुख घर्तीले आज अपरान्ह काँग्रेसका सभापति शेरबहादुर देउवा त्यस्तैगरि प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गर्दै अवरुद्धताको निकास पहिल्याउँने प्रयास गर्ने बुझिएको छ । त्यस्तैगरि प्रधानमन्त्री प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय भएको सम्वद्ध स्रोतले जनाएको छ ।