बुधबार, बैशाख १२, २०८१

सदस्यता विवादका कारण म्याग्दी महासङ्घमा तालाबन्दी

काठमाडौ पौष ११. सदस्यता वितरणको क्रममा गैर पत्रकारलाइ सिफारिस गरेको भन्दै नेपाल प्रेस युनियन म्याग्दीले पत्रकार महासंघको जिल्ला शाखामा fnj-logo-300x2461तालाबन्दी गरेको समाचार प्राप्त् भएको छ ।

प्राप्त् समाचारमा उल्लेख भएअनुसार साधारण सदस्यताका लागि २७ जनाको महासंघको जिल्ला शाखामा आवेदन दर्ता भएकेमा महासंघ नेतृत्वले यसमध्ये क्रियाशिल पत्रकारको नाम हटाउँदै जिल्लास्थित सरकारी कर्मचारी र राजनीतिक दलका कार्यकर्तालाई महासङ्घको साधारण सदस्यता प्रदान गर्नका लागि सिफारिस गरिएको जनाउँदै विरोध स्वरुप बाध्य भएर तालाबन्दी गर्नु परेको उल्लेख गरिएको छ ।