बिहिबार, बैशाख १३, २०८१

संसद्को बैठक आज पनि अवरुद्ध,सार्वभौम संसद् अवरुद्ध नगर्न समाजको आग्रह

काठमाडौ पौष १३, संसदमा दर्ता भएको सविभान संशोधन प्रस्तावको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विरोधका कारण आजको बैठक पनि अवरुद्ध भएको छ । सभामुख ओनसरी घर्तीले पूर्व निर्धारित कार्यक्रम अनुरुप आज अपराह्न ३ बजे बैठक सुरु गर्ने वित्तिकै img_9157_sjh_samsad_073प्रतिपक्ष दलका सांसदले आआफ्नो ठाउँबाट उठेर विरोध गर्न सुरु गरेको थियो ।

यसवीचमा सभामुख पटकपटक विरोध  जनाउँदै आएका प्रतिपक्षी दलका संसद सदस्यहरुलाइ आग्रह गर्दा पनि प्रतिपक्षीदलका सदस्यले संशोधन प्रस्ताव संविधानको भावना र नेपाली जनताको चाहना विपरीत भएको हुँदा अघि बढाउन नमिल्ने भन्दै आजको बैठक पनि अवरुद्ध गरेको हो । त्यसपछि सभामुखले विहिवार अपरान्ह १ वजेसम्मका लागि संसद बैठक स्थगत भएको जनाउ सदनु भएको थियो । यसरी निरन्तर संसद बैठक अवरुद्ध हुँदै गर्दा बैठकमा छलफलको क्रममा रहेका महाभियोगको प्रस्ताव लगाउतका अन्य महत्वपूर्ण प्रस्तावमाथि कुनैपनि छलफल हन सकेको छैन ।

यसैवीच मानवअधिकार तथा शान्ति समाजले आज एक विज्ञप्ति जारी गर्दै व्यवस्थापिका– संसद्को बैठकको निरन्तर अवरुद्धताका कारण मुलुक अनिर्णयको बन्धक बन्दै गएको भन्दै बैठकमा संवादको माध्यमबाट समस्याको निकास पहिल्याउँन प्रतिपक्षीदल नेकपा एमाले नेतृत्वलाई आग्रह गरेको छ । जनताद्वारा निर्वाचित सार्वभौम संसद् कहिल्यै पनि कसैले पनि अवरुद्ध गर्नु किमार्थ राम्रो पक्ष नभएको जिकिर सहित निर्वाचित संसद् भनेको लोकतन्त्रको मेरुदण्ड हो, समस्याको शान्तिपूर्ण तवरले समाधान गर्ने र निकास दिने थलो हो भन्ने हेक्का राख्न सरोकारवाला दलीय नेतृत्वलाइ आग्रह गर्दै समाजले यस्तो आग्रह गरेको हो ।