बिहिबार, बैशाख १३, २०८१

संसद्को आजको बैठक पनि अवरुद्ध

काठमाडौ मार्ग १७ व्यवस्थापिका–संसद्को आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेकपा माले, राजमो लगायतका दलको विरोधका कारण bicc-1अवरुद्ध भएका छन् । आजको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफल जारी रहने कार्यसूची रहेको थियो ।

तर बैठक सुरु हुनेबित्तिकै नेकपा मालेका सांसद सिपी मैनालीले सरकारले दर्ता गराएको संविधान संशोधन आफैमा षडयन्त्रको पराकाष्ठा भएको भन्दै  विरोध गर्नु भएको थियो । त्यस्तै उहाँले प्रधानमन्त्री प्रचण्डलाइ ‘बहुलाहा कुकुर’ले टोकेको भन्ने जस्त आभिमत प्रस्तुत गरेपछि काँग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति प्रकट गर्दै उक्त धारणा हटाउन माग गरेको थियो ।   प्रतिपक्षीदलको निरन्तर विरोधका कारण सभामुख घर्तीले संसद् बैठक मार्ग १९ गते १ बजे बस्ने गरी स्थगित गर्नु भएको थियो ।