शनिबार, बैशाख ८, २०८१

संशोधन प्रस्ताव विरुद्ध बुटवलमा विशाल जनप्रदर्शन

संशोधनको नाममा ५ नं प्रदेश विभाजनविरुद्ध सत्तारुढदलका नेतानै आन्दोलनमा

काठमाडौ मार्ग १७ , सरकारले संविधान संशोधन प्रस्ताव मार्फत ५ नं प्रदेश विभाजन गरेको भन्दै सोको विरोधमा आज बुटवलमा विशाल जनप्रदर्शन गरिएको छ । ५ नम्बर प्रदेश अन्र्तगत सत्तारुढदल माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, काँग्रेस नेता चन्द्र भण्डारीसहित जिल्लाका अन्यदलका नेता कार्यकर्ताको 15253626_10208082850891432_3527676455909454902_nसहभागिता रहेको विरोध प्रदर्शनमा हजारौँले सहभागिता रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा प्रदर्शन पछि आयोजित सभालाइ सम्बोधन गर्दै माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी र काँग्रेसका नेता चन्द्र भण्डारीले प्रदेश न५ लाइ विखण्डन हुन नदिन आन्दोलन जनताको साथमा उभिएको बताउँदै अव सङ्घीयताको छिनोफानोका लागि जनमत सङ्ग्रह एकमात्र विकल्प रहेको जनाउ दिनु भएको थियो ।  त्यस्तै व्यवस्थापिका संसदमा प्रतिपक्षीदलका एमालेका नेता विष्णु पौडेलले संशोधनको नाममा राष्ट्रलाई विभाजन गर्ने षड्यन्त्र गरिएकाले आन्दोलनमा होमिएको जनाउ दिनु भएको थियो भने सभालाइ एमालेका अर्का नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायतले पनि सम्बोधन गर्नु भएको उल्लेख गरिएको छ ।फोटो साभार: सामाजीक् सञ्जाल