शुक्रबार, चैत्र १६, २०८०

लोकमानविरुद्धको मुद्दा पेसीमा, आजबाट सुनुवाइ हुँदै

काठमाडौं मार्ग १६ ,एकातर्फ व्यवस्थापिका संसदमा महाभियोगको प्रकरण र अर्को तर्फ नियुक्तिको सदर गर्ने निर्णयमाथि परेको पुनरावेदन सवोच्चको मुद्दा खेपीरहेको अख्तियाका निलम्वित प्रमुखमा लोकमानसिंह कार्कीको सवालमा आजबाट सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । अदालतद्दारा जारी साप्ताहिक पेसी lokman-man-singh-karki-400x250सूचीमा ७ वटा मुद्दा कार्की प्रकरणसँग सम्बन्धित रहेको खवर आजको कान्तिपुर दैनिकमा प्रकशित रहेको छ ।

प्रकाशित खवरमा उल्ल्ेख भएअनुसार सूचीअनुसार कार्कीको नियुक्ति र योग्यतासम्बन्धी फैसला पुनरावलोकनको माग गरिएका दुई मुद्दा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुनेछन् । न्यायालयको सम्पूर्ण कामकारबाही र प्रक्रिया नै प्रभावित पार्ने प्रयास गरेको भन्दै कार्कीमाथि न्यायिक निलम्बन र उनका सम्पूर्ण सुविधा खोस्नुपर्ने माग राखी दायर रिट निवेदन पनि पेसी सूचीमा छ ।   म्याद तामेलीमा अवरोध गरेको आरोपमा सर्वोच्च प्रशासनले नै पेस गरेको प्रतिवेदनका आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १० की सचिव सरिता राई, नासु भेषराज अर्याल र सर्वोच्च अदालतका तामेल्दार शम्भु खत्रीमाथि पनि कारबाहीको प्रस्ताव गरिएको थियो । त्यसबाहेक कार्कीसहित ४ जनाविरुद्ध म्याद तामेलीमा गरेको अवरोध र लोकमान तथा कृषि विकास बैंकका अध्यक्ष प्रमोद कार्कीले वारेस राख्न दिएको निवेदन पनि साप्ताहिक पेसी सूचीमा छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको पूर्ण इजलासले लोकमानविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले दिएको निवेदनमा २०७१ भदौ ३१ गते ‘निस्सा हुने’ आदेश दिएको थियो । लोकमानमाथि उनको योग्यताको प्रश्न पुनरावलोकनको निवेदनमा समावेश छ ।  रायमाझी आयोगको प्रतिवेदन, सामान्य प्रशासन मन्त्रालयले उनीमाथि थालेको कारबाही, सरकार तथा अख्तियारले नै उनी सरकारी पदका लागि अयोग्य हुने भनी गरेको निर्णयलगायत आधारमा उनी अख्तियार प्रमुख हुन नसक्ने दाबी निवेदनमा छ । यसबाहेक २० वर्षे योग्यताको प्रश्न पनि निवेदनमा उठाइएको छ