बिहिबार, बैशाख ६, २०८१

राष्ट्रिय पत्रकारिता पुरस्कार पाण्डे र श्रेष्ठलाई

काठमाडौ पौष १४,  नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिको सिफारिसमा राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे र कान्तिपुर दैनिकका मकर श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । महासङ्घका महासचिव उजिर मगरद्दारा आज release-14-mansir-about-siksha-puraskarजारी विज्ञप्तिमा रु ७५ हजार राशिको उक्त पुरस्कार पत्रकारद्दयलाइ प्रदान गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशिको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल र अम्मर खड्का, मध्यमाञ्चलबाट दिवाकर भण्डारी र ध्रुव दङ्गाल, पश्चिमाञ्चलबाट वसन्त गिरी र कृष्ण खनाल, मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी र गिरु भण्डारी, सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट र कृष्ण ओलीलाई सुंयक्त रूपमा प्रदान गरिएको छ । उपत्यकाबाट लीलप्रसाद चन्दलाई प्रदान गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यस्तैगरि उपत्यकासहित ६ क्षेत्रका दुई/ दुई जना पत्रकारलाई प्रदान गरिने रु १५ हजार राशिको ‘शिक्षा लेखनवृत्ति–२०७२’ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।  महासङ्घ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । उक्त पुरस्कार २०७३ पुस १९ गते मङ्गलबार दिउँसो महासङ्घ केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने उल्लेख गरिएको छ ।