बिहिबार, बैशाख १३, २०८१

राष्ट्रवादी राजा महेन्द्रको योगदानको स्मृतिमा मोटरसाइकल-याली

नेपाल राष्ट्रसंघको सदस्य भएको ६२ औ वार्षिकउत्सव 

काठमाडौं मार्ग २९,  नेपाल सयुक्त राष्टसंघको सदस्य भएको ६२ औ वार्षिकउत्सवको अवसरमा राष्ट्रवादी जनजागरण अभियान अन्र्तगत आज राजधानीको दरवारमार्गस्थित महेन्द्रचाकेबाट धादिङसम्म मोटर साइल -यालीको आयोजना गरिएको छ ।  तत्त्कालीन राष्ट्रवादी राजा महेन्द्रले मुलुकको सर्वपक्षिय विकास र सुरक्षालाइ दृष्टिगत गर्दै सन १९५५ डिसेम्वर १४ अर्थात आजैकै दिन नेपाललाइ सयुक्त राष्टसंघको सदस्य राष्ट्र बनाउन दिनु भएको महत्वपूर्ण योगदानको स्मृतिमा यस मिसिमको याली तथा जनजागरण स्वरुप -याली समापन स्थल धादिङमा वृहत आमसभाको आयोजना गरिएको अभियान सम्वद्ध समूहले जनाएको छ ।

विश्वमा युद्ध होइन शान्तिको आवश्यकता मनन गर्दै स्थापना भएको संघको नेपाल सदस्य भएयता सनेपाल सार्वभौसत्ता सम्पन्न भएको त्यसवेला विश्वले स्वीकारनुको अलावा नेपालमाथि गिद्धेदृष्टि लगाउँदै आएका कतिपय विदेशी शक्ति राष्ट्रवादी राजा महेन्द्रको यस कदमबाट पराष्ट भएको सम्झना एवमामा प्रस्तुत कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

सयुक्त राष्टसंघकोस्थापना दिवस र राष्ट्रवादी राजा महेन्द्रकदमको स्वागत गर्दै आजै साँझ अभियानले राजधानीके महेन्द्रचोक स्थित उहाँको शालिकमा वृहत दिपावलीको समेत आयोजना गर्ने भएको छ । त्यस्तैगरि द्रकाली, सुन्धारा,  न्युरोडगेट,  ओमवहाल, लगन, टेकु, कालिमाटी, कलङकी, थानकोट, सिम्ले, वैरनी, धार्के ,मलेखु, फुर्केखोला हुँदै  धादिङ पुगेर -याली आमसभामा परिणत हुने जानकारी प्राप्त भएको छ ।