बुधबार, बैशाख १२, २०८१

राष्ट्रपति भण्डारी र प्रम प्रचण्डवीच विशेष भेटवार्ता, चुनावी वातावरण बनाउँन राष्ट्रपतिको आग्रह

काठमाडौ मार्ग २६ , राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री प्रचण्डवीच आज विशेष भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको 0160627_15-1भेटवाताको क्रममा राष्ट्रपति भण्डारीले सवै पक्षलाई समेटेर चुनावको तयारी गर्न प्रधानमन्त्रीलाइ आग्रह गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यसअवसरमा प्रम प्रचण्डले राष्ट्रपति भण्डारीलाइ यहाँले गर्नु भएको आग्रह अनुरुप सबै पक्षलाई समेटेर अघि बढ्न आफू प्रयासरत रहेको जानकारी दिँदै त्यसकै लागि संविधान संसोधन प्रस्ताव संसद्मा दर्ता गरिएको जानकारी दिनु भएको थाहा भएको छ ।