मङ्लबार, बैशाख ११, २०८१

युवा संघका अध्यक्ष तिवारीको गोलीहानी हत्या

काठमाडौं पौष ४,  युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको आज गोली हानेर हत्या भएको छ । समाचारमा उल्लेख भएअनुसार उनलाई देवदह बजारस्थित घर captureनजिकै एक व्यक्तिले गोली हानेको जनाईएको छ । तिवारीको हत्या पछि रुपन्देही प्रहरीले भारतसँग जोडिएका बेलहिया लगायतका सबै नाका शील गर्दै हत्याराको पहिचान गर्ने योजना बनाएको प्राप्त समाचारमा जनाईएको छ ।

गोली लागेर तिवारीको मृत्यु भएको वतार्इएको छ । अहिले युवासंघको आपतकालीन बैठक बोलाइएको छ । बैठकले घटनाप्रति खेद प्रकट गर्दै  प्रस्तुत घटनाको  भत्सर्ना  गरेको समाचारमा उल्लेख गरिएको छ ।  रातो पल्सर मोटरसाइकलमा चढेका दुईजना व्यक्तिले तिवारीलाई गोली हानेर फरार हेको बताइएको छ ।