शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ संगीतका पूजारी गङगारामको सांङगेतिक यात्रा

काठमाडौं मार्ग १७, प्राकृतिक छटाहरुले भरिएको सुन्दर पखेरी पर्बतमा जन्मिएका गंगारामलाई सानैदेखि नेपाली गीत संगीतमा लाग्ने सोच अनुरुप साङगेतीक 1231सागरमा पौडिन पुगेका गंगारामले २०६२ सालमा “बोट राम्रो फुलको काईनाले” भन्ने एल्बमबाट औपचारिक रुपमा सांङगेतिक यात्रा सुरु गरेका छन। त्यसो त उहँ सानैदेखि संगीतमा अभिरुचि राख्ने हुँदा स्कुलमा हुने सांस्कृतिक कार्यक्रम होस या गाउँ ठाउँमा हुने कुनैपनि सांगीतिक कार्यक्रम कहिल्यै छुटाउँदैनथे । परियार सानैदेखि गाउने मात्र नभई बजाउने अथवा संगीत सिर्जना गर्ने काममा समेत सिपालु थिए ।

एवम्रितले श्री गुप्तेश्वर बहुमुखी क्याम्पस कुश्माबाट उच्च शिक्षा हासिल गर्दै उनले २०६२ सालमा “बोट राम्रो फुलको काईनाले” भन्ने एल्बमबाट औपचारिक रुपमा सांगीतिक यात्रा सुरु गरेको हो । त्यसपश्चात बिसं २०६५ सालमा उनले “सय धारा सय फूलको पानी” बोलको लोकदोहरी गीत त्यस्तैगरी “रुँदा सुक्यो ज्यान” बोलको गीत बजारमा ल्याइसकेका छन ।

लामो समयको अन्तरालपछि हालसालै उनको बाचुन्जेल “दिउँला सहायता” एल्बमबाट यसै सांगीतिक क्षेत्रमा पुनरागमन भएको छ । उनकै मीठो स्वर संगीतमा सजिएको यस एलवमका गीतको गायनमा बिपाशा परियारले साथ दिएकी छिन्। अडियोको जमानादेखिन् अहिलेको अत्याधुनिक डिजिटल परिवेशमा आइपुग्दासम्म उनले यस सांगीतिक यात्राको क्रममा धेरै खालका दुःख हण्डर अनि उतारचढाब खेप्नु परेको गुनासोहरु सुनाउँन पनि पछि परेनन्।