शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ मल्लिकासँग सन्तोषको रोमान्स 

काठमाडौ पौष १५, लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेरो माया बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकीछिन् । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आएको हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् ।
रोहन नेपालीद्धारा निर्देशित भिडियोलाई मिलन शंकरले छायाङ्कन गरेका हुन् । भिडियोको सम्पादन अनुप पौडेलले गरेका हुन् । नक्षत्र ७३ मा अहिले भोकलिष्ट गोविन्द राईका अतिरिक्त प्रितम लामा स्याङ्बो, निसान्त बस्नेत र राजेन्द्र महर्जन ब्याण्ड मेम्बरका रुपमा रहेका छन् ।