शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रम प्रचण्ड नेतृत्व सरकारका ४ मन्त्रीको सम्पत्ति विवरण

काठमाडौ पौष ३ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद कार्यालयले सदस्यहरुमध्ये बाँकी रहेका चार मन्त्रीहरु सञ्चारमन्त्री सुरेन्द्र कार्की , वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजय शङ्कर नायक र सँचाइमन्त्री दीपक गिरीको mantri-602x256सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।

सार्वजनिक सम्पति विवरण अनुसार सञ्चारमन्त्री कार्कीको ओलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा र भक्तपुर सिपाडोल–१ मा नौ आना जमिन रहेको उल्लेख रहेको छ।   त्यस्तै आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरू र विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दातको अलावा रहेको छ । १० तोला सुन रहेको जनाएको छ ।

त्यस्तै गरि वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीको सम्पति विवरण अन्र्तगत श्रीमती अन्जना भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहँुको पुर्काेटमा ३ तले घर ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगदको अलावा रु ३ लाख ५० हजार ऋण र ११ लाख ऋण दिएको पनि उल्लेख गर्नुभएको छ ।

भने मन्त्री नायकले आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा जग्गा र सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेष्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ ।    त्यस्तैगरि सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानी बाहिर ६ बिगाहा तीन कठ्ठा जमिनको अलावा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ । त्यसैगरी, उहाँको ग्लोबल बैंकमा रु ३ लाख ९४ हजार नगद मौज्दात लगायतका सम्पति रहेका उल्ल्ेख गरिएको छ ।