बुधबार, बैशाख १२, २०८१

यस्तो छ प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण 

काठमाडौ मार्ग २९ , माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको वर्तमान सरकारमा सहभागी प्रधानमन्त्री तथा मन्त्रीपरिषद सदस्यहरुको मन्त्रीको सम्पत्ति विवरण आज सार्वजनिक गरिएको छ ।  सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको पैतृक सम्पत्तिमा ३ तोला सुन र चितवनमा १ कट्ठा

mantri-602x256जमिन रहेको छ । त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको विभिन्न बैंकमा सेयर, भक्तपुर र धनुषा जिल्लामा जग्गा एवम् सुन त्यस्तै गरि निधिको ६० तोला सुन, १५० तोला चाँदी र रु १० लाख ९६ हजारभन्दा बढी नगद रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को कार्यालयका अनुसार अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको रोल्पामा ८ रोपनी जग्गा र एभरेष्ट बैंकमा रु ८० हजार रहेको उल्लेख गरिएको छ भने सहरी विकासमन्त्री अर्जुन नरसिंह केसी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, ऊर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत श्री बालकृष्ण खाँण रक्षा  ९. दीपक बोहरा आपूर्ति १०. सूर्यमान गुरुङ श्रम तथा रोजगार ११. गौरीशंकर चौधरी कृषि विकास १२. दलजित श्रीपाइली युवा तथा खेलकुद १३. विक्रम पाण्डे भूमिसुधार तथा व्यवस्था १४. जयदेव जोशी जनसङ्ख्या तथा वातावरण  १५. हितराज पाण्डे सङ्घीय मामिला तथा स्थानीय विकास १६. सुरेन्द्रकुमार कार्की सूचना तथा सञ्चार  १७. धनिराम पौडेल शिक्षा  १८. अजयशंकर नायक कानुन, न्याय, तथा संसदीय मामिला १९. केशवकुमार वुढाथोकी सामान्य प्रशासन २०. रोमी गौचन थकाली वाणिज्य २१. सीतादेवी यादव शान्ति तथा पुननिर्माण २२. जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन २३. दीपक गिरी सिँचाइ २४. नवीन्द्रराज जोशी उद्योग २५. शंकर भण्डारी वन तथा भू-संरक्षण २६. गगनकुमार थापा स्वास्थ्य २७. हृदयराम थानी सहकारी तथा गरिबी निवारण मन्त्रीको  सम्पत्ति विवरण सार्वजनिक गरिएको   छ ।

 त्यस्तैगरि  राज्यमन्त्रीहरु क्रमस श्रीप्रसाद जवेगु सङ्घीय मामिला तथा स्थानीय विकास सत्यनारायण भगत ऊर्जा राधिका तामाङ्ग कृषि विकास धनमाया विक  शिक्षा ,दिर्घ राज भाट वन तथा भू(संरक्षण ,सिताराम महतो भौतिक पूर्वाधार तथा यातायात ,तारामान गुरङ्ग स्वास्थ्य ,सुरेन्द्रराज आचार्य सिँचाइ सुवर्ण ज्वारचन वाणिज्य ,इन्द्रबहादुर बानिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ,दिलिप खवास गच्छदार श्रम तथा रोजगार ,दिपक खड्का खानेपानी तथा सरसफाई ,श्री कन्चन चन्द्र बादे उद्योग ,श्री मिठु मल्ल सहरी विकासको को पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

पूर्ण विवरण जान्नको लागि यहँ क्लिक गर्नुहोला