शुक्रबार, चैत्र १६, २०८०

सत्याग्रह आन्दोलनका प्रजातान्त्रिक योद्धाहरुलाइ सम्मान गरिने

महर्जन र नेपाललाइ उपसभापतिको जिम्मेवारी

काठमाडौं पौष ५ ,  काठमाडौं काँग्रेस क्षेत्रन ८ ले आगामी पौष १६ गते विस २०४२ तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध सर्वोच्च नेता गणेशमानजी नेतृत्वमा भएको congressसत्याग्रह आन्दोलनमा सहभागी हुदै मुलुकमा प्रजातन्त्र स्थापनार्थ योगदान दिन हुने प्रजातान्त्रिक योद्धाहरुलाइ सम्मान गर्ने भएको छ ।

विसं २०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट प्रथम जननिवार्चित प्रधानमन्त्री विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायतका नेताहरू स्वदेश फर्कनुभएको दिन अर्थात ४० औ मेलमिलाप दिवसको अवसरमा बाग्मती अञ्चल अन्र्तगत प्रजातान्त्रिक योद्धाहरुलाइ एक विशेष कार्यक्रमकावीच सम्मान गर्ने नितिगत निर्णय सहित काँग्रेस क्षेत्र न ८ को आज सम्पन्न बैठकले महासमिति सदस्य राजुराज जोशीलाइ संयोजन गर्ने जिम्मेवारी दिएको क्षेत्र न ८का सचिव राजेश श्रेष्ठलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसले जननेता वीपी कोइरालाको मेलमिलाप र एकताको नीतिको सम्झना गर्दै हरेक बर्ष पौष १६ गते यो दिवस मनाउने गर्दछ ।  यसैवीच बैठकले क्षेत्रीय समितिलाइ पूर्णता दिने क्रममा समितिको उपसभापति पदमा क्षेत्रीय सदस्यद्दय गंभीरमान महर्जन बद्री नेपाललाइ मनोनयन गरिएको सभापति जुद्धरत्न बज्राचार्यले जानकारी दिनु भएको छ ।