शनिबार, बैशाख ८, २०८१

मानव तस्करसँग सचेत रहन परराष्ट्रको आग्रह

काठमाडौ पौष ५,  मानव तस्करीमा संलग्नहरूले ‘सोझा नेपालीहरूलाई फसाउन थाइल्यान्ड भिसा प्रयोग गर्न थालेको’ भन्दै परराष्ट्र मन्त्रालयले सचेत हुन सबैमा आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै बैङ्ककस्थित नेपाली राजदूतावासले ‘तस्करहरूले थाइल्यान्डसम्म ल्याएर आफैँले पक्राउने गरेको’ समेत जानकारी दिएको छ ।  विज्ञप्तिमा भनिएको छ, मानव तस्कर/दलालहरूले कैयौँ नेपालीहरूलाई पर्यटक भिसामा थाइल्यान्ड ल्याई अमेरिका, अस्ट्रेलिया, क्यानाडा, गणतन्त्र कोरिया, युरोपेली मुलुकहरूलगायत विभिन्न आकर्षक गन्तव्य मुलुकहरूको भिसा लगाई ती मुलुकहरूमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ । human_trafficking-300x161राजदूतवासका अनुसार आकर्षक गन्तव्य मुलुकहरूको भिसा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा यहा“बाट उक्त देशहरूमा जान समेत सजिलो हुने भन्दै तस्करहरूले ठग्ने गरेका छन् । ‘सिधासाधा नेपाली नागरिकहरूलाई सुरुमा सम्बन्धित देशको भिसा लागेपछि मात्रै रकम दिने सर्तमा बैङ्कक बोलाउने गरिएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यहा“ आइसकेपछि अनेक बहाना बनाएर मानव तस्करले सकेसम्म धेरै पैसा असुल्ने र कानुनी रूपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहा“का प्रहरी प्रशासनलाई खबर गरी पक्रन लगाउने’ गरेको पाइएको छ ।

दूतावासले भिसाको अवधि बढाउन छिमेकी मुलुकहरू (मलेसिया, सिङ्गापुर, क्याम्बोडिया आदि) गएर आउन लगाउने गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, त्यहा“ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको भिसा उपलब्ध नहुने हु“दा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ । कतिपय अवस्थामा माथि उल्लिखित मुलुकको फर्जी भिसा लगाई कबोल गरेजति रकम असुल गरी पीडितलाई उक्त राहदानी दिने र सोको सूचना यहा“का प्रहरी प्रशासनलाई दिई आफैँले पक्राउ गराउनेजस्ता कार्य समेत भएको पाइएको दूतावासले जानकारी दिएको खवर आजको गोरखापत्र दैनिकमा प्रकाशित रहेको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार यस्ता मानव तस्करहरूले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हु“दा पीडितले निजहरूको विरुद्ध उजुरी गर्न समेत नसक्ने अवस्थाको सिर्जना भएको छ । पीडितहरू नै प्रहरीद्वारा पक्राउ पर्ने र पीडकको नाम, ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पीडितहरूलाई नै कानुनी रूपमा दोषी ठह¥याई कारबाही गर्ने गरेको दूतावासले जानकारी दिएको छ ।

यसरी नेपालीहरू ठगिने क्रम पछिल्लो समयमा अझ बढ्दै गएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘थाइल्यान्डबाट मात्र नभै छिमेकी मुलुकहरू क्याम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको देखिन्छ । ’ ठगिनुभन्दा अघि राजदूतावासमा जानकारी गराएमा आफू गन्तव्य मुलुकको भिसा प्राप्त गर्नबाट वञ्चित भइने डरले यस राजदूतावासलाई जानकारी नगराउने र सम्पूर्ण रूपमा ठगिइसकेपछि मात्र यस राजदूतावासमा सम्पर्क गर्न आउने गरेको कारणले गर्दा समयमै ठगिनबाट बचाउन नसकिने अवस्था रहेको दूतावासले बताएको छ । ‘मानव तस्कर/दलालहरूले भन्ने गरेझैँ नेपालीलाई थाइल्यान्ड, क्याम्बोडिया, लाओस आदि मुलुकबाट विकसित मुलुकहरूको भिसा सहज प्राप्त हुँदैन’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘यसप्रति सचेत भई मानव तस्करको प्रलोभनमा नपर्न सबै नेपाली दाजुभाइ/दिदी बहिनीहरूलाई अनुरोध गरिन्छ । ’