बिहिबार, बैशाख १३, २०८१

फरार घरजग्गा व्यवसायी बस्नेत पक्राउ

काठमाडौ पौष १३,  ओरियन्टल र प्यासिफिक जस्ता सहकारी संस्थामार्फत सर्वसाधारणबाट अर्र्बैं बढी रकम हिनामिना गरेको आरोपमा घरजग्गा व्यवसायी सुधीर sudhir_basnetबस्नेत पक्राउ  परेका छन । घरजग्गा र हाउजिङको कारोबार गर्न १४ बैंकबाट १ अर्ब ६० करोड रुपियाँ ऋण लिएका बस्नेत उक्त रकम नतिरी वर्षौदेखि फरार रहेका बस्नेतलाइ गएराती पक्राउ अपराध र महाशाखाको टोलीले उनलाई धापासीस्थित घरबाट पक्राउ गरेको हो ।

त्यस्तै अपराध महाशाखाले काठमाडौं जिल्ला अदालतको दुई वटा फैसला र भक्तपुर जिल्ला अदालतको एक फैसला अर्थात काठमाडौं जिल्ला अदालतबाट छ महिना कैद, भक्तपुर अदालतबाट दुई वर्ष कैद र करिब रु १२ लाख जरिवानाको फैसला भएको तर बस्नेतविरुद्ध भएको उक्त फैसला कार्यान्वयन नभएको अवस्थाकावीच उनलाई पक्राउ गरिएको जनाएको छ ।