मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्रीको स्वागत र्‍यालीमा आएकी छात्राको धपेडीले मृत्यु

काठमाडौँ मार्ग २४,  प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको खवर आजको अन्नपूण दैनिकमा प्रकाशित रहेको छ ।
प्रकाशित खवरमा वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन् । वीरेन्द्रचोक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए । प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सीधै उनी र्‍यालीमा सहभागी भएकी थिइन् ।