शुक्रबार, बैशाख ७, २०८१

 प्रतिपक्षी दलद्वारा आजको संसद् बैठक पनि अवरुद्ध

काठमाडौँ पौष ४,  व्यवस्थाापिका संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका नेकपाएमाले लगायतका प्रतिपक्षीदलले आजको बैठक पनि अवरुद्ध गरेका छन ।
img_9162_sjh_samsad_073आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध गरेको थियो । । आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन एवम् महाअभियोगको प्रस्तावमाथिको छलफल गर्ने कार्यसूची तय गरिएको थियो । त्यसपछि सभामुख ओनसरी घर्तीले संसद बैठक ७ गतेसम्मका लागि स्थगित भएको घोषणा  गर्नु भएको थियो ।