शनिबार, बैशाख ८, २०८१

प्रतिपक्षीदलद्दारा व्यस्थापिका संसद बैठक अवरुद्ध

काठमाडौ मार्ग १६ , व्यस्थापिका संसदको आजको बैठक प्रमुख प्रतिपक्षीदल एमालेले सुरु गरेको विरोधका कारण अवरुद्ध भएको छ । एमालेले सरकारले img_9157_sjh_samsad_073व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकको विरोध गर्दै ंसंसद बैठक अवरुद्ध गरेको हो ।  आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध सहित नारावाजी गरेका थिए ।

प्रतिपक्षीदलको विरोधका कारण सभामुख ओनसरी घर्तीले एमालेका उपाध्यक्ष वामदेव गौतमलाई बोेल्नका लागि समय दिदै उपाध्यक्ष गौतमले संविधानको भावना र सङ्घीयताको मान्यता विपरीत सरकारले संशोधन प्रस्ताव दर्ता गरेकोमा संसद्लाई प्रदेशको सीमाङ्कन हेरफेर गर्ने अधिकार नै नभएको जिकिर सहित संसद बैठक अघि बढ्न नदिने जनाउ दिनु भएको थियो ।