शुक्रबार, बैशाख ७, २०८१

पौष १ गते देखि निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिक, विपन्न र असहायलाई नि:शुुल्कउपचार

निजी अस्पतालको छाता संगठन अफिन र म्नत्रालयवीच  सहमति

काठमाडौं मार्ग २९, मुलुकभरका निजी स्वास्थ्य संस्थामा आगामी पौष १ गतेदेखि विपन्न, बेवारिस, असहाय, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई निःशुल्क उपचार गर्न पाउँने भएको छ ।  स्वास्थ्यमन्त्री गगन थापाको पहलमा स्वास्थ्य मन्त्रालय प्रस्तुत सेवको अनुगमनका लागि समिति गठन गर्दै आज भन्दा ८ वर्ष पहिले अर्थात सुशासन ऐन २०६४ को दफा ४५ र र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०६४ अनुसार १० प्रतिशत शैयामा निःशुल्क उपचार दिनुपर्ने भए पनि कार्यान्वयनमा निजी अस्पतालले उदासिनता देखाउँदै आएको थियो ।

तर प्रस्तुत सम्झौताको नितीगत कार्यान्वयनको लागि निजी अस्पतालको छाता संगठन अफिन र म्नत्रालयवीच भएको सहमति पछि मुलुकभरका निजी स्वास्थ्य संस्थामा बिपन्नलाई नि: शुल्क उपचार पाउँने वातावरण बनेको हो । प्रस्तुत समझौता अनुरुप निजी अस्पतालले बिपन्नवर्गलाइ वीर अस्पताल र उपत्यकाबाहिरका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयको सिफारिसमा चिकित्सक परामर्श, प्रयोगशाला, शैया, नर्सिङ केयर, रेडियोलोजी र अक्सिजन निःशुल्क प्रदान गर्ने छ ।

साथै मन्त्रालयले निजी अस्पतालले औषधि र शल्यक्रिया पनि निःशुल्क प्रदान गर्ने विषयमा पनि छलफल हुँदै गरेको जनाउँदै सो सम्बन्धमा पनि नतिजा सकारात्मक आउने जानकारी दिएको छ। सेवा लिनका लागि काठमाडौंको हकमा वीर अस्पताल र उपत्यकाबाहिरका लागि गाविस वा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने व्यवस्था गरेको छ ।  त्यस्तै यसरी प्रदान गरेको सेवाबारेको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालय, मन्त्रालयलगायत सम्बन्धित निकायमा पठाउनुपर्नेछ भने विपन्न, बेवारिस र असहाय बिरामीका लागि निःशुल्क शैया लेखेको स्टिकर टाँसिएको हुनुपर्नेछ । सूचनाबोर्डमा अस्पतालमा निःशुल्क उपचाररत बिरामीको विवरण राख्नुपर्नेछ । निःशुल्क उपचार सेवा कार्यान्वयन नभए बिरामीले मन्त्रालय वा जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी दिन सक्ने जनाएके छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930