शुक्रबार, चैत्र १६, २०८०

पूर्व गृहराज्यमन्त्री अन्सारीद्दारा नेपाल सङ्घीय समाजवादी पार्टीको घोषणा

काठमाडौ पौष २ , पूर्व गृहराज्यमन्त्री मोहमद रिजवान अन्सारीले आज   राजधानीको  बुद्धनगर पार्टी प्यालेसमा  आयोजित  एक कार्यक्रमकावीच नयाँ राजनीतिक दलको आज घोषणा गरिएको छ ।

12af54fbbfe2bb881e3dd187f351ab75पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान, गणतन्त्र, समावेशी सहभागिता सामाजिक न्याय, समानता, स्वतन्त्रता र धर्मनिरपेक्षता लगायतको मुद्दालाई संस्थागत गर्दै विभेद रहित समाजको निर्माण गरि समृद्ध नेपाल निर्माणको लागि भन्दै उहाँले ‘ नेपाल सङ्घीय समाजवादी पार्टी’ नामक दल घोषणा गरिएको बताउँनु भएको छ ।

४ जना पदाधिकारी क्रमस वरिष्ठ नेतामा वीरबहादुर लामा उपाध्यक्ष राजकुमार यादव र महासचिवमा नोर्साङ शेर्पा सहित ५४ सदस्यीय केन्द्रीय समिति रहेको पनि त्यस अवसरमा जानकारी दिईएको छ ।