बिहिबार, चैत्र १५, २०८०

पुस्तक विक्रिबाट उठेको रकम पुनर्स्थापना केन्द्रलाई

काठमाडौं मार्ग २९, बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र लाई ५०हजार रुपैया सहयोग रकम प्राप्त भएको छ । उक्त्त रकम हाल इजरायलमा रहनु भएका 15228109_1499149296768364_1129841689_n15281174_1499149293435031_77691119_nसामाजिक अभियन्ता नबराज आचार्यले रबिन्द्र मिश्रको पुस्तक दिन पुगोस खान पुगोस ,बिकु लामाको पुस्तक सोइनम र सरोज धितालको पुस्तक उज्यालाका बिउ इजरायलमा रहनु भएका नेपालीहरु माझ बिक्री गरी संकलीत रकम केन्द्रलाई सहयोग गरिएको हो ।

पुस्तकका लेखक रबिन्द्र मिश्र , बिकु लामा र नबराज आचार्यको श्रीमती मैना , दुई छोरीहरुले संस्थामा प्रत्यक्ष भिजिट गरी सो सहयोग रकम सयुक्त्त रुपमा केन्द्रकी अध्यक्ष सबिता उप्रेतीलाई हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा  सहयोग हस्तान्तरण कार्यक्रमलाइ  सम्बोधन  गर्दै   रबिन्द्र मिश्रले म मन्दिर जान्न त्यसको अर्थ यो होइन कि म भगवान मान्दिन ,अर्थ यो हो कि म सेवाको मन्दिरमा जान्छु जस्ले मलाई जिउदो भगवान भेटेको महशुस हुन्छ भन्दै केन्द्रद्दारा सम्पादित कर्मको उच्च कदर गर्दै शुभकामना ब्यक्त्त गर्नु भएको थियो ।  त्यस अवसरमा केन्द्रकी प्रमुख उप्रतीले संस्थाको गतिबिधिको बारेमा जानकारी गराउनु भएको थियो ।