शुक्रबार, बैशाख १४, २०८१

पुनःमहाधिवेशन गर्न माग गर्दै पूर्व पदाधिकारीको राजधानीमा भेला

काठमाडौ मार्ग २२.  नेपाली काँग्रेसका भातृ नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशन विधान विपरित भएको भन्दै तरुणदलको एउटा समूहले विद्रोेहको मानसिकता सहित आज वानेश्वरमा छुट्टै भेलाको आयोजना गर्दै विधि र प्रक्रियाअनुसार महाधिवेशन गराउनु पर्ने जिकिर गरेका छन ।  पोखरा महाधिवेशनबाट असन्तुष्ट बनेका तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थको नेतृत्वको प्रतिनिीधीमण्डलले यस अघिपनि काँग्रेस महामन्त्री सशांक tarul-dalकोईरालासँगको छलफलको क्रममा संगठनको विधान मिचेर गरिएको महाधिवेशनको वैधतामा प्रश्न चिन्ह उठाउँदै आवश्यक परे अदालत सम्म जाने चेतावनी दिएको थियो ।  त्यस्तै कायस्थले सोधे पूर्णकालिन सदस्य समेत नभएका व्यक्ति कसरी नेतृत्वमा आए रु के तरुणदल भित्र अरु कोही व्यक्ति नेतत्वका लागि लायक नै थिएनन त रु आफ्नै संगठनभित्र प्रतिष्पर्धा गर्न नपाउने कस्तो नियम हो भन्दै तरुण दलका पुष्प कोइरालाले संगठनको विधान अनुसार अध्यक्षले मनोनित गर्ने २० जना महाधिवेशन प्रतिनिधिको समेत चयन नगरेर बन्द सत्र पछीका कुनै पनि प्रक्रिया विधि संवत नभएकाले महाधिवेशन अमान्य हुने तर्क गर्नुको अलावा विधान र प्रक्रिया मिचेर गरीएको भनिएको महाधिवेशनको वैधतामाथि प्रश्न उठाएका थिए ।

तरुणदलको गत कार्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्मपन्न महाधिवेशनले भागवण्डाको आधारमा जितजङ्ग बस्नेतलाई सर्वसम्मत अध्यक्षमा चुने पछि आक्रोशित रहेका असन्तुष्टि पक्षधरले पोखरा महाधिवेशन लक्षित अन्तरक्रिया कार्यक्रम अनुरुप आज आयोजित भेलामा तरुण नेताहरुले अब ग्रुपिजम नै गर्ने भए त्यसको नेतृत्वका लागि तयार रहन भन्दै कार्यकर्ताहरुको संरक्षण गर्न नसक्ने हो भने हामी सबै अन्य विकल्पमा जाने कडा चेतावनी दिदै महाधिवेशनलाई पार्टी नेतृत्वले हस्तक्षेप गरेकाले विधि र विधानसम्मत तरुण दलको महाधिवेशन गर्न माग गर्न भेला गरिएको जानकारी दिएका छन । कार्यक्रममा दलका पूर्वअध्यक्ष विनोद कायस्थ, पूर्वमहासचिव पुष्प पराजुली, नेपाल विद्यार्थी सङघका पूर्वअध्यक्ष महेन्द्र शर्मा पूर्व केन्द्रीय सदस्य लक्ष्मी खतिवडालगायतले महाविधेशन विधि प्रक्रियामा नै नभएकाले पुनः महाधिवेशन गर्नुपर्ने माग गरेका थिए ।

साथमा यो पनी