शुक्रबार, बैशाख १४, २०८१

पप गायक जर्ज माइकलको निधन

एजेन्सी  पौष ११,  विश्व चर्चित बेलायती पप गायक जर्ज माइकलको ५३ बर्षको उमेरमा मृत्यु भएको छ । गायन क्षेत्रमा निकै ख्याती कमाएका जर्ज माइकलको हृदयाघातका कारण निधन भएको उहाँको परिवारलाइ उदृत गर्दै समाचार एजेन्सीले जनाएको छ । सन् २०११ मा निमोनिया भएपछि कन्सर्टमा कमै देखा परेका माइकलको निधनले उनका प्रशंसकहरु दुःखी बनेको समाचार एजेन्सीले जनाएको छ ।