शुक्रबार, बैशाख १४, २०८१

नेपाल बैंकका महाप्रवन्धकसहित १५५ जना भ्रष्टाचारी ठहर

काठमाडौं मार्ग २९ , सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हुँदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएको बल्ल अन्तिम किनारा लाएको nepal-bank-limitedहो ।  सहकारी स्वामित्वमा रहेको नेपाल बैंकलाई डुबाउने गरी नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गर्दा चरम भ्रष्टाचार गरेको भन्दै तत्कालीन नायब महाप्रबन्धक शेरबहादुर थापासहित १ सय ५५ जना विरुद्व आयोगले २०५८ फागुनमा मुद्दा दायर गरेको खवर आजको नागरिक दैनिकमा प्रकाशित रहेको छ । थियो ।

प्रकाशित उक्त खवरमा मुद्दामा तत्कालिन नायव महाप्रवन्धक थापासहित बैंकका तत्कालीन सञ्चालक समिति सदस्यहरू र अन्य कर्मचारले नक्कली उद्योग सञ्चालन गरेको र त्यसमा नक्कली ऋणि खडा गरी ऋण लिनेरदिने कार्य गरेर बैंकलाई ५३ करोड रूपैयाँ बराबर रकम नोक्सान पुर्‍याएको दाबी अख्तियारले गरेको थियो ।