बिहिबार, बैशाख १३, २०८१

निसानले एकल गायन प्रतियोगिता आयोजना गर्ने

काठमाडौं मार्ग ३०, प्याब्सन र एन प्याब्सन पछीको नेपालको सबै भन्दा ठूलो संस्थागत बिद्यालयको संगठन राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान) ले विहिवार काठमाडौ जिल्लाव्यापी एकल गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । राजधानीको चाबहिलस्थित ए वान पार्टी प्यालेसमा हुने एकल गायन प्रतियोगिताको विजयीलाई स्वास्थ मन्त्री गगन थापाले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० भन्दा बढी बिद्यालयको सहभागिता रहने जानकारी निसानका अध्यक्ष ओम ढकालले दिनु भएको छ भने कोषाध्यक्ष रामेश्वर चौलागाईंले एकल गायन प्रतियोगितामा प्रतियोगीले राष्ट्रियता र नेपाली संस्कृती झल्किने खालका गितहरु ट्र्याकमा गाएर प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन।