बुधबार, बैशाख १२, २०८१

नायिकाहरु गायिका बन्ने क्रम बढ्दो

आधा दर्जन गुरुङ चलचित्रकी नायिका रहेकी मिरा गुरुङ :गुरुङ कि छोरी गीत मार्फत गायनमा प्रवेश

काठमाडौं मार्ग २२,  पछील्लो समय नेपाली नायिकाहरु गायनमा पनि सकृय हुन थालेका छन । यही क्रमलाईपछ्छ्याउदै  गुरुङ चलचित्रकी चर्चित नायिका मिरा गुरुङ अब गायिकामा पनि फड्को मारेकी छिन् । आधा दर्जन गुरुङ चलचित्रकी नायिका तथा अमेरिकन नेपाली कलाकार संघको भईस प्रेसीडिण्ट समेत रहेकी मिरा गुरुङ ‘गुरुङ कि छोरी’ गीत मार्फत गायनमा प्रबेश गरेकी हुन ।  गुरुङ चलचित्रको ‘उत्कृष्ट नायिका’को एवार्ड समेत हात पारीसक्नुभएकी मिराले यस् गीतमा लोक र गुरुङ भाषा फ्युजन गरेकी छिन् । झन्डै १ दर्जन भन्दा बढी म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी नायिका तथा गायिका मिरा गुरुङको यस् म्युजिक भिडियोमा गुरुङ कल्चर र लोक परिबेशलाई देखाउन खोजिएको छ । भिडियोलाई पोखराका बिभिन्न रमणिय स्थानमा छाँयांकन गरिएको हो ।
मिन बहादुर तामङको रचना , सन्तोष प्रगाढको संगीतमा, राकेश ओली तथा नरेन्द्र बियोगीको एरेन्ज तथा मिक्सिङ रहेको यस् गीतको म्युजिक भिडियोमा गुरुङ चलचित्रमा आफ्नो स्थान जमाईसक्नुभएका नायक सुनिल गुरुङलाई पनि देख्न सकिनेछ । पोखरामै एक दसक भन्दा धेरै समय देखी डान्स कोरियोग्राफी गराईरहनुभएका कोरियोग्राफर शुवाश राइले यस् भिडियोमा कोरियोग्राफि  सम्हाल्नुभएको छ भने ताक्ला गुरुङले बिशेष सहयोग गर्नुभएको छ ।
आर्टिस्टनेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस् म्युजिक भिडियोको निर्देशन नव ढुङेलले गरेका हुन ।  अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले यस् भिडियोको सम्पादन गरेका छन । नायिका तथा गायिका मिरा गुरुङको यस् एल्बम तथा भिडियोलाई आर्टिस्ट नेपाल डटकमले बजारमा ��्याएको हो ।