बिहिबार, चैत्र १५, २०८०

नयाँ शक्ति नेपालद्दारा वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्र ध्रुवीकृत हुन आव्हान

काठमाडौं पौष १५,  नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले आज जारी अपिलमा आर्थिक विकास र समृद्धिका लागि स्थिर सरकार हुनु captureअत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ । त्यस्तै विज्ञप्तिमा असहमतिमा रहेका पक्षलाई सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन, सबै पक्षलाई सम्बोधन गर्ने गरी निकासको बाटो पहिल्याउन आवश्यक रहेकोमा जोड दिदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रक्रियालाई निष्कर्षमा पु¥याउन कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीव्र ध्रुवीकृत हुन आव्हान गर्नु भएको छ ।

त्यस्तै अपिलमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि देशको राजनीति जुन दिशा र गतिमा अघि बढ्नुपर्‍थ्यो त्यसो हुन सकिराखेको छैन । मूलतस् राज्य पुनस्संरचनाको काम द्रुत रुपमा अघि बढ्नु पर्दथ्यो । तर त्यसो हुनुको सट्टामा संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएका छन् । संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् । जसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् । राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द त हुन सक्ला तर त्यो समाधान होइन । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो । संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं । निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं भनिएको छ ।

अपिलको पूर्णपाठ   .  अपिलमा संविधानसभाबाट नयाँ संविधान जारी भएपछि देशको राजनीति जुन दिशा र गतिमा अघि बढ्नुपर्‍थ्यो त्यसो हुन सकिराखेको छैन । मूलतस् राज्य पुनस्संरचनाको काम द्रुत रुपमा अघि बढ्नु पर्दथ्यो । तर त्यसो हुनुको सट्टामा संविधानप्रति असन्तुष्ट रहेकाहरुलाई सहमतिमा ल्याउन समेत दलहरु असफल भएका छन् । संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेताहरु अझ पछि हट्न खोजिराखेका छन् । जसको फाइदा उठाउँदै अलोकतान्त्रिक र प्रतिगामी शक्तिहरुले जनतामा भ्रम छर्न प्रयत्न गर्दैछन् ।

राजनीतिक अस्थीरता र दलहरुको असफलताले निराश बनाएको बेला जो–कसैले दल र राजनीतिलाई गाली गरिदियो भने क्षणिक आनन्द त हुन सक्ला तर त्यो समाधान होइन । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन बरु अझ उन्नत लोकतन्त्र हो । संविधानमा रहेका अपूर्णतालाई पूरा गरेर अधिकतम स्वीकार्य बनाऔं, लोकतन्त्रलाई अझ उन्नत बनाऔं, वैकल्पिक राजनीति निर्माण गरौं । निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोलि सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ । त्यसैले यसतर्फ सबैलाई सचेत गराउन चाहन्छौं भनिएको छ । अर्कोतिर हिजोका आफ्नै प्रतिवद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं । यसले कसैको क्षणिक स्वार्थ त पूरा गर्ला तर त्यो पनि कालान्तरमा ‘पिसाबको न्यानो’ सिद्ध हुनेछ ।

अब सबैभन्दा पहिले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिऔं । संविधानमा राज्य पुनस्संरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेको छ । आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो । यो पक्षलाई पनि सँगसँगै सच्याएर अघि बढौं । यसका लागि आवश्यक जनदवाव सिर्जना गर्न नयाँ शक्ति पार्टी, नेपाल सबैलाई अपील गर्दछ ।

तपाईं–हामी धेरैले एकातिर देशको समृद्धिको परिकल्पना गरिरहेका छौं, अर्कोतिर त्यसका लागि उपयुक्त राजनीतिक शक्ति र संस्कार देखिराखेका छैनौं । एकातिर विश्वका अरु देशहरुमा भइरहेका राजनीतिक–सामाजिक परिवर्तन, वैज्ञानिक आविष्कार र आर्थिक तथा भौतिक विकासका बारेमा जानकार छौं, अर्कोतिर आफ्नो देशमा देशलाई त्यहाँ पुर्‍याउन सक्षमहरु भन्दा असक्षम, अपारदर्शी, जनताप्रति अनुत्तरदायी भ्रष्ट राजनीतिक शक्तिको हालिमुहाली भइरहेको देखिराखेका छौं । हामी जे भइरहेको छ त्यसप्रति विल्कुल असन्तुष्ट छौं तर कहीँ कतैबाट चमत्कार भइदियोस भनेर पर्खाइमा बसेजस्तो देखिएका छौं । तर वास्तविकता त्यस्तो हुँदैन । जे भइरहेको छ त्यसप्रति असहमत र असन्तुष्ट भएर मात्रै हुँदैन त्यसको विकल्प सिर्जना गर्नुपर्छ । त्यसले मात्रै अवस्थामा गुणात्मक फेरबदल ल्याउन सक्छ । नयाँ शक्ति पार्टी, नेपाल त्यही विकल्प सिर्जना गर्ने नवीनतम प्रयत्न हो । नयाँ शक्तिको विकल्प झनै उन्नत नयाँ शक्ति मात्र हुन सक्दछ, कुनै पुरानो शक्ति हैन । समय सिद्धिइसकेका पुराना औषधी झैं सबै हिसाबले पुराना र थोत्रा भइसकेका राजनीतिक शक्तिहरु अब किमार्थ विकल्प हुन सक्दैनन् । त्यसैले नयाँ शक्ति पार्टी, नेपाल पुरानो राजनीतिको विकल्प चाहने सबैलाई कुनै कसैको भ्रममा नपरी नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ तीब्र रुपमा ध्रुवीकृत हुन आह्वान गर्दछ ।

डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति पार्टी, नेपाल