शुक्रबार, चैत्र १६, २०८०

तिवारीको हत्याको छानबिन गर्न समिति गठन

काठमाडौ पौष ५, युवा सङ्घ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्याको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।  नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वमा गठित छानवीन समितिको सदस्यमा राष्ट्रिय अनुसन्धान विभागका 4937_dbe3668265fe2503abf150dffeff483e_1482220483__अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी, वरिष्ठ प्रहरी उपरीक्षक मनोज न्यौपाने र गृह मन्त्रालयका उपसचिव शिवराज जोशी रहनुभएको रहनुभएको मन्त्रालयद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको  छ ।

त्यस्तै समितिलाइ सत्यतथ्य सहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयलाई बुझाउन कार्यादेश दिईएको मन्त्रालयले जनाएको छ । सोमबार तिवारीलाई मोटरसाइकलमा आएका अपरिचित व्यक्तिको गोली प्रहारबाट घाइते भएका तिवारीको उपचारका क्रममा मृत्यु भएको थियो ।

 यसअघि    युवा सङ्घ नेपालले जनताको बाँच्न पाउने अधिकार रहेको भन्दै सरकारले जनतालाई सुरक्षा दिनुपर्ने माग गर्दै   रुपन्देही शाखाका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दै आज उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएको छ ।