बिहिबार, बैशाख १३, २०८१

ट्रिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

रामेछाप मार्ग २९,  गएराती रामेछापको खाँदादेवी धुरेणा खोपमा ट्रिपर भिर सडकबाट ३ सय मिटर तल बाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला truckप्रहरी कार्यालय रामेछापलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । प्रहरीका अनुसार घटनास्थलमा ३ जनाको र एक जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा सर्लाहीका २९ बर्षका वकास पौडेल, सिन्धुलीका २४ बर्षका रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ बर्षका कुमार विक र ललितपुरका ३५ बर्षका किरण डाँगी हुनुहुन्छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर खसेको थियो । दुर्घटनाको कारण खुली नसकेको र आवश्यक अनुसन्धान हुँदै गरेको प्रहरीले जनाएको छ ।